अष्ट्रेलियाविरुद्धको पहिलो ओडिआईमा २१४ रनमा समेटियो श्रीलंका, चरिथको शतक

अष्ट्रेलियाविरुद्धको पहिलो ओडिआईमा २१४ रनमा समेटियो श्रीलंका, चरिथको शतक

काठमाडौं : अष्ट्रेलियाविरुद्धको दुई खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा श्रीलंका २१४ रनमा समेटिएको छ।

कोलम्बोको आर प्रेमादासा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको टोली ४६ ओभरमा अलआउट हुँदै २१४ रनमा समेटिएको हो। योसँगै अष्ट्रेलियाले २१५ रनको लक्ष्य पाएको छ।

श्रीलंकाका लागि कप्तान चरिथ असलंकाले १२६ बलमा १४ चौका र पाँच छक्काको मद्दतमा १२७ रनको शतकीय पारी खेले।

त्यसबाहेक दुनिथ वेल्लालागेले ३०, कुसल मेन्डिसले १९ र जनिथ लियाङ्गेले ११ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अष्ट्रेलियाका लागि सियन एबोटले तीन, स्पेन्सर जोनसन, एरोन हार्डी, नाथन इलिसले समान दुई–दुई विकेट लिँदा म्यायू सर्टले एक विकेट लिए।

अष्ट्रेलियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

माघ ३०, २०८१ बुधबार १४:२५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।