श्रीलंकाविरुद्धको टेस्टमा १६ विकेट लिएका कुनम्यानमाथि आईसीसीको निलम्बन

एजेन्सी : केही दिनअघि श्रीलंकामा भएको टेस्ट सिरिजपछि अस्ट्रेलियाका बायाँहाते स्पिनर म्याट कुनम्यानको बलिङ एक्सन शंकास्पद रहेको भन्दै आईसीसीले निलम्बन गरेको छ।
श्रीलंकाको गल्लेमा भएका दुई टेस्ट सिरिजमा १६ विकेट लिएका कुनम्यानको बलिङ एक्सनलाई लिएर प्रश्न उठेपछि आईसीसीले अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न निलम्बन गरेको हो।
अब उनले अष्ट्रेलियाको ब्रिस्बेनस्थित आईसीसी मान्यताप्राप्त केन्द्रमा स्वतन्त्र परीक्षण गर्नुपर्नेछ। बलरहरूलाई उनीहरूको कार्यमा १५ डिग्री लचिलोपनको अनुमति दिइन्छ।
२०१७ मा सुरू भएको कुनम्यानको व्यावसायिक करियरमा पहिलो पटक उनीमाथि प्रश्न उठेको हो। उनको एक्सन जाँच नभएसम्म घरेलु क्रिकेट भने खेल्न पाउनेछन्।
यदि उनी आगामी हप्तामा आफ्नो परीक्षणमा असफल भए उनलाई आफ्नो एक्सनमा सुधार गर्न भनिनेछ र सुधारहरू स्वीकृत नभएसम्म बलिङ गर्न प्रतिबन्ध लगाइनेछ।
क्रिकेट अष्ट्रेलियाका प्रवक्ताले अस्ट्रेलियाली टोलीलाई गल्लेमा श्रीलंका विरुद्धको दोस्रो टेस्ट पछि म्याच अधिकारीहरूको रेफरलको बारेमा जानकारी गराइएको बताए। उनले यो मुद्दा समाधान गर्ने प्रक्रियामा कुनम्यानले सहयोग गर्ने जानकारी दिए।
आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्रिकेट अष्ट्रेलियाले आईसीसी नियमहरू अनुसार आईसीसी र स्वतन्त्र विज्ञहरूसँग नजिकको सम्पर्कमा रहनेछ। यो मुद्दा समाधान नभएसम्म क्रिकेट अष्ट्रेलिया वा म्याथ्यूजका बारेमा कुनै टिप्पणी गरिने छैन।’
श्रीलंका विरुद्धको सिरिजमा कुनम्यानले नेथन लायनसँगको साझेदारीमा ४० मध्ये ३० विकेट लिएका थिए।
माघ ३०, २०८१ बुधबार १३:४८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।