नरेन्द्र मोदी स्टेडियममा भारत र इंग्ल्यान्ड भिड्दै

काठमाडौं : घरेलु टोली भारतले जितिसकेको इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल आज हुँदैछ।
खेल दिउँसो २ बजेर ४५ मिनेटदेखि अहमदावादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। आज खेल जितेर भारत सिरिज क्लिन स्वीप गर्न चाहन्छ भने इंग्ल्यान्ड सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ।
यसलाई पाकिस्तान र युएईमा हुने च्याम्पियन्स ट्रफीको तयारीको रुपमा लिइएको छ।
यसअघि भएको पहिलो र दोस्रो एकदिवसीय खेलमा भारतले इंग्यान्डलाई चार÷चार विकेटले पराजित गरेको थियो।
त्यसअघि भएको पाँच खेलको टी२० आई सिरिज पनि भारतले ४–१ ले आफ्नो पक्षमा पारेको थियो।
जारी एकदिवसीय सिरिज सकिएपछि भारत च्याम्पियन्स ट्रफीका लागि युएई जाँदा इंग्ल्यान्ड भने पाकिस्तान जानेछ।
माघ ३०, २०८१ बुधबार १२:१४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।