भारतमा सवारी दुर्घटनामा परी ७ श्रद्धालुको मृत्यु

भारतमा सवारी दुर्घटनामा परी ७ श्रद्धालुको मृत्यु

एजेन्सी : भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।

उक्त दुर्घटना राज्यको जबलपुर जिल्लामा भएको हो।

मृतक दक्षिणी राज्य आन्ध्र प्रदेशका थिए। उनीहरू उत्तर प्रदेशमा चलिरहेको आध्यात्मिक चाड महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए।

स्थानीय प्रहरीका अनुसार ट्रक तीव्र गतिमा सडकको गलत दिशामा गुडिरहेको थियो।  

माघ २९, २०८१ मंगलबार २०:१८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।