प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।
बैठक दिउँसो एक बजेका लागि बोलाइएको संघीय संसद सचिवालयका महसचि पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक २०८१ लाई प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसका अलावा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
साथै प्रधानमन्त्री ओलीले नै भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसअघि आइतबार र सोमबार दुवै दिन प्रतिनिधि सभा बैठक बसेको थियो।
माघ २९, २०८१ मंगलबार ०८:५१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।