काठमाडौंमा हिटर बालेर सुतेका ४० वर्षीय पुरूषको निस्सासिएर ज्यान गयो

काठमाडौंमा हिटर बालेर सुतेका ४० वर्षीय पुरूषको निस्सासिएर ज्यान गयो

काठमाडौं : काठमाडौंको चन्द्रागिरिस्थित भाडाको कोठामा बस्ने एक पुरूष निस्सासिएर मृत्यु भएको छ। 

चन्द्रागिरि नगरपालिका वडा नम्बर-१५ तिनथानास्थित दुई तले घरको कोठामा ४० वर्षीय सुवासचन्द्र पौडेल मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए। 

प्रहरीका अनुसार नुवाकोटको बेलकोटगढी-२ घर भएका पौडेल घरको भुइँ तलाको कोठामा मृत भेटिएका हुन्। 

उनको कोठामा ओछ्यानमा रहेको डस्ना, सिरक र म्याट जलेको अवस्थामा भेटिएको छ। 

प्रारम्भिक अनुसन्धानअनुसार उनी हिटर बालेर सुतेका कारण कोठामा निस्सासिएर मृत्यु भएको खुलेको छ। 

माघ २८, २०८१ सोमबार २०:०६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।