बराहक्षेत्रमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु, दुर्घटनापछि भागेका चालक पक्राउ

काठमाडौं : सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित कोशी पुलमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
आज चतराबाट धरानतर्फ जाँदै गरेको प्रनं १–०२–००च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्रनं १–०२–०५१ प ४९९५ नम्बरको स्कुटर चालकलाई ठक्कर दिँदा धनकुटा शहिदभुमी गाउपालिका-१ का २५ वर्षीय समर राई गम्भीर घाइते भएका थिए।
घाइते राईको बराहक्षेत्र-१ स्थित चतरा अस्पतालमा उपचारको क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए।
मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि पठाइएको छ।
ठक्कर दिइ भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका-३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएको जनाएको छ।
माघ २८, २०८१ सोमबार १९:५१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।