अध्यादेश पारित गर्न गाह्रो भएपछि प्रधानमन्त्रीले बोलाए संयन्त्रको बैठक

अध्यादेश पारित गर्न गाह्रो भएपछि प्रधानमन्त्रीले बोलाए संयन्त्रको बैठक

काठमाडौं : सत्तारूढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न पाँच बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रको बैठक बोलाएका हुन्। 

बैठकमा सरकारले जारी गरेको अध्यादेशलाई संसद् बैठकबाट प्रतिस्थापन गर्ने लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

राष्ट्रिय सभामा बहुमत नपुग्दा सरकारले ल्याएको अध्यादेश सदनमा निर्णयार्थ पेश हुन सकेको छैन। राष्ट्रिय सभामा बहुमत नहुँदा सरकारले ती विधेयकहरू प्रस्तुत गर्न नसकेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा तीन सिट भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पटक-पटक छलफल गरिसके पनि सहमति जुट्न नसकेको छैन। 

गएको माघ १८ मा ६ वटा अध्यादेश सदनमा पेश भएको थियो। संयन्त्रमा ओली र नेपाली कांग्रेसका सभापति देउवालगायत नेताहरू छन्।

माघ २७, २०८१ आइतबार १२:४४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।