बर्दियाबाट काठमाडौं जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका मरे

बर्दियाबाट काठमाडौं जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका मरे

मुग्लिन : चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन्।  

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौंतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमै आज बिहान पल्टिएको थियो।  

दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिइन्।  

माघ २७, २०८१ आइतबार ०९:४४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।