चार लाख धरौटीमा छुटेका मदन राई बालयौन दुर्व्यवहारमा दोषी ठहर, १८ महिना कैद, एक लाख जरिवाना

चार लाख धरौटीमा छुटेका मदन राई बालयौन दुर्व्यवहारमा दोषी ठहर, १८ महिना कैद, एक लाख जरिवाना

काठमाडौँ : बालयौन दुरुपयोगको आरोपमा दोषी ठहर भएका मदन राईलाई अदालतले २ वर्ष ६ महिना कैद र एक लाख जरिवानाको सजाय गरेको छ। 

जिल्ला अदालत खोटाङले उनलाई बालयौन दुरुपयोगमा दोषी ठहर गरे पनि सजाय सुनाएको थिएन। शुक्रवार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उनलाई सजाय सुनाएको हो। अदालतले पीडित बालिकालाई एक लाख ५० हजार क्षतिपूर्ति दिन पनि भनेको छ।

राइमाथि आफैँले स्थापना गरेको सुभद्रा मदन फाउन्डेसनमा पढ्ने बालिका र किशोरीहरूमाथि बालयौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। उनी विरुद्ध प्रहरीमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। उनी विरुद्ध अभियोग पत्र दायर भएपछि थुनछेकको बहसमा चार लाख धरौटी मागियो। उनी धरौटीमा रिहा भएकोमा माघ १० मा दोषी ठहर भए।

माघ २५, २०८१ शुक्रबार २१:१७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।