३४औं वार्षिकोत्सव मनाउँदै काठमाडौं टोस्टमास्टर्स क्लब, नेतृत्व र वक्तृत्व विकासको ‘लिगेसी’

काठमाडौं : नेपालको पहिलो टोस्टमास्टर्स क्लब काठमाडौं टोस्टमास्टर्स क्लबले माघ २६ गते शनिबार ३४औं वार्षिकोत्सव मनाउने भएको छ।
काठमाडौं ठमेलमा रहेको फेयरफिल्ड म्यारियट होटलमा यही शनिबार काठमाडौं टोस्टमास्टर्स क्लबले आफ्नो ३४औं वार्षिकोत्सव मनाउन लागेको हो।
‘३४ इयर्स अफ म्याजिकः अ टोस्ट टु लर्निङ लिडरसीप लाफ्टर एण्ड लिगेसी’ थिममा सञ्चालन हुने वार्षिकोत्सवमा मुख्य वक्ताको रूपमा मिस नेपाल अर्थ २०२४ सुमना केसीको उपस्थिति रहने छ।
यस्तै कार्यक्रममा फिचर्ड वक्ताको रूपमा विशिष्ट टोस्टमास्टर रञ्जीत आचार्य, दिप्ती आचार्य, नेहा अमात्य, ईयुडेन कोइराला र जोन्सन् श्रेष्ठको उपस्थिति हुनेछ।
कार्यक्रममा सहभागी हुन १५ सय रूपैयाँ शुल्क तोकिएको छ। वार्षिकोत्सव कार्यक्रममा ८० देखि १०० जनासम्म सहभागी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा सिकाइ, नेटवर्किङ, गेम्स र मनोरञ्नात्मक लगायतका गतिविधि हुनेछन्। यो कार्यक्रम विशेष गरी नेतृत्व विकास र पब्लिक स्पीकिङमा रूची हुनेहरूका लागि उपयोगी हुने आयोजकको भनाइ छ।
सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबको स्थापना भएको थियो। दक्षिण एशियामै पुरानो टोस्टमास्टर्सको रूपमा समेत काठमाडौंलाई लिइन्छ।
अमेरिकाबाट सुरू भएको गैरनाफामुलक संस्था टोस्टमास्टर्स हाल विश्वका १५० देशमा फैलिएको छ।
माघ २५, २०८१ शुक्रबार ०९:३२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।