सनफिस्ट डार्क फेन्टासी मोका फिल्सको उत्पादन अब नेपालमै

काठमाडौं : सूर्य नेपालले अब ‘सनफिस्ट डार्क फेन्टासी मोका फिल्स’ उत्पादन अब नेपालमै थालेको छ।
अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन बजारमा ल्याइरहेको कम्पनीले बजारमा ल्याएको डार्क फेन्टासी मोका फिल्सले कफिका पारखीहरुको मन जित्ने विश्वास गरेको छ।
डार्क फेन्टासी मोका फिल्स उच्चकोटीको कफि र चकलेटको समिश्रणबाट तयार गरिएको हो।
यसैबीच कम्पनीले सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा रहेकी अभिनेत्री शिल्पा मास्केलाई नै निरन्तरता दिने समेत जनाएको छ।
कम्पनीका अनुसार सनफिस्ट डार्क फेन्टासी मोका फिल्स अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरुमा उपलब्ध छ।
यसको ७५ ग्रामको आकर्षक प्याकेटभित्र ६ वटा भिन्दाभिन्दै पाउच हुन्छन् र यसको मूल्य ९० रुपैयाँ तोकिएको छ।
माघ २५, २०८१ शुक्रबार ०९:२७:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।