नक्कली प्रमाणपत्र पेश गरेर सरकारी सुविधा लिएको आरोपमा विद्यालयका सहायक प्रशिक्षकमाथि मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा विद्यालयका सहायक प्रशिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बझाङको जयपृथ्वी नगरपालिका अन्तर्गतको जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेको थियो।
निवेदन सम्वन्धमा अनुसन्धान हुँदा बोहराले सहायक प्रशिक्षक पदमा नियुक्तिको लागि उच्च माध्यामिक शिक्षा परिषद्बाट जारी भएको प्लस टु तहको लव्धाङ्क पत्रको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए।
बोहराले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको थियो।
माघ २५, २०८१ शुक्रबार ०९:००:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।