एक्ट्रोटक ओभलमा लगाउनका लागि आइपुग्यो फ्लडलाइटको पोल

एक्ट्रोटक ओभलमा लगाउनका लागि आइपुग्यो फ्लडलाइटको पोल

काठमाडौं : रुपन्देहीको तिलोत्तमामा निजी क्षेत्रबाट निर्माण भइरहेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाका लागि फ्लडलाइटको पोल आइपुगेको छ।

बुधबार राति फ्लडलाइट तिलोत्तमास्थित रंगशाला निर्माण स्थलमा झरेको एक्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले जानकारी दिए।

उनका अनुसार फ्लडलाइटको लागि आवश्यक पोलहरू हिजो राति मैदानमा ल्याइएको हो। पोलहरू भ्याएसम्म आजैबाट जडानको काम थालिने उनले बताए।

‘हिजो राति सामानहरू झार्दा दुई–तीन बज्यो,’ उनले भने, ‘आजबाट हामीले जडान थाल्छौँ। अहिले हुस्सु लागिरहेको छ। दिउँसोबाट काम थाल्ने तयारीमा छौँ।’

पोलहरू आइपुगे पनि एलइडी र जेनेरेटर अहिले नै आइनपुगेको उनले बताए। ती सामानहरू पनि आउने क्रममा रहेको उकेरासँगको कुराकानीमा कुँवरले खुलाए।

एक महिनाभित्र फ्लडलाइट जडान गरेर परीक्षण सक्ने कम्पनीको तयारी छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको अभ्यासका लागि पनि यसले मद्दत गर्ने उनको विश्वास छ।

योसँगै एक्ट्राटेक ओभल फ्लडलाइट जडान भएको पहिलो क्रिकेट मैदान हुनेछ। त्रिवि क्रिकेट मैदानको स्तरोन्नत्तिको लागि पनि सरकारले ठेक्का खोलेको थियो। त्यसका लागि अहिले प्रक्रियागत काम भइरहेको छ।

माघ २४, २०८१ बिहीबार ०९:५३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।