दिब्योल लुब्रिकेन्ट्सको ‘मिट एन्ड ग्रिट’ सम्पन्न

दिब्योल लुब्रिकेन्ट्सको ‘मिट एन्ड ग्रिट’ सम्पन्न

काठमाडौं : दिब्योल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक विक्रेता सत्यदिप इन्टरनेसनलले ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न गरेको छ।

सो अवसरमा दिब्योल लुब्रिकेन्ट्स नेपालमै उत्पादन थाल्ने घोषणा समेत गरियो।

दिब्योल लुब्रिकेन्ट्सको उत्पादक कम्पनी गान्धार आयल रिफाइनरी (इन्डिया) लिमिटेड र सत्यदिप ग्रुपले सो घोषणा गरेका हुन्।

मबार ललितपुरमा आयोजना गरिएको उक्त कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक समिर पारेख, सेल्स हेड सिल्भानस परमार, नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र सत्यदिप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्रकुमार मिश्रलगायतको उपस्थिति रहेको थियो।

१०० भन्दा बढी रिटेलर र मेकानिक्स सहभागी कार्यक्रममा दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर र उपलब्ध प्रोडक्ट रेन्जकाबारेमा जानकारी गराइएको थियो।

सो अवसरमा गान्धार आयल रिफाइनरीका सेल्स हेड सिल्भानस परमारले दिब्योल लुब्रिकेन्ट्सको गुणस्तर, यसको विशेषता र नेपालमै उत्पादन थाल्नुको महत्वबारे प्रकाश पारे।

पेट्रोलियम प्रोडक्ट उत्पादनमा विश्वकै अग्रणीमध्ये एक दिब्योल लुब्रिकेन्ट्स हाल विश्वका १०६ भन्दा बढी देशमा बिक्री हुँदै आएको उनको भनाइ थियो।

‘दिब्योलले हाल भारत, यूएई र नेपालमा उच्च गुणस्तरको लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ।

माघ २३, २०८१ बुधबार १३:०६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।