जनकपुरमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ११४ बढी देशका चलचित्रको आवेदन

जनकपुरमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ११४ बढी देशका चलचित्रको आवेदन

काठमाडौं : संवाद फाउन्डेसनले जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०८१ को घोषणा गरेको छ। 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेसनले आगामी फाल्गुन १६ देखि १८ सम्म जनकपुरको मैथिली भवनमा महोत्सव आयोजना हुने जानकारी दिएको हो। 

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मौथिली भाषाका चलचित्र कम बन्ने गरेको भन्दै महोत्सवमार्फत नयाँ जागरण ल्याएर मिथिला र नेपालको बारे विश्वभर प्रचार गर्ने साधन बन्ने बताए। 

उनले भने, ‘चलचित्रको लागि संस्कृतिको लागि नेपालको नामका लागि यो एउटा प्लेटफर्म हुनेछ। जहाँ नेपाली चलचित्रको बाहूल्यता उपस्थिति पनि कम छ। मौथिली भाषाका चलचित्र पनि कम बन्ने गरेका छन्। यस अर्थमा नयाँ जागरण हुनेछ।’

त्यस्तै, नायिका रेखा थापाले कला र महिलाको जननी मिथिला सभ्यता रहेको बताइन्। अहिले मान्छे र कला नै नक्कली भएकाले जमिनसँग जोडिएको सभ्यता संस्कृति, विरामी भएको भन्दै यसलाई जर्गेना गर्नेतर्फ सोच्नुपर्ने उनको भनाई छ। 

नेपालमा फिल्मको महत्व बुझाउने नेपाली समाजमा चलचित्रको कला र महत्व बुझाउन उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले जनाएको छ। 

आयोजकका अनुसार यस महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरूले आवेदन दिएका छन् भने अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी नै छ।

माघ २२, २०८१ मंगलबार २१:४४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।