दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प

दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेखको तोलीजैसी आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।

खानी तथा भूगर्भ विभागकी उप-महानिर्देशक मोनिका झाका अनुसार अहिले पश्चिम नेपालमा लगातार भूकम्प जानुको दोस्रो कारण त्यहाँ सञ्चय भएको शक्ति हो। 

भूकम्प क्षेत्रका जानकारहरूका अनुसार पश्चिम नेपालमा पाँच सय वर्ष यता ठुलो भूकम्प गएको छैन। अर्थात् जमिनमुनि ठुलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको छ।  

माघ २२, २०८१ मंगलबार १९:००:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।