'पाठेघरको मुखको क्यान्सर विरूद्धको नि:शुल्क खोप' अभियानमा देखिएको उत्साह (तस्बिरहरू)

'पाठेघरको मुखको क्यान्सर विरूद्धको नि:शुल्क खोप' अभियानमा देखिएको उत्साह (तस्बिरहरू)
तस्विर : दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन्।

बालुवाटरस्थित शिवपुरी उच्च माध्यमिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरे।

सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ सम्म खोप अभियान सञ्चालन गर्दैछ।

खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई  खोप लगाइने छ।

हेर्नुहोस् तस्बिरहरू : 

माघ २२, २०८१ मंगलबार १८:५१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।