अमेरिकाविरुद्ध चीनकाे प्रतिक्रिया, अमेरिकी सामानमा लगायो १० प्रतिशत कर

एजेन्सी : अमेरिकाले १० प्रतिशत कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ।
यसले अमेरिकाबाट चीनले आयात गर्ने ठूला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्नेछ।
चीनविरुद्ध कर लगाउन अमेरिकाले दिएको समयसीमा आज समाप्त भएसँगै चीनविरुद्ध अमेरिकाको दश प्रतिशत कर लागू भएको थियो।
अमेरिकाले यो नियम लागू गर्नेबित्तिकै चीनले त्यसको प्रतिक्रियास्वरूप १० प्रतिशत करको घोषणा गरेको हो।
यद्यपि, अमेरिकाले मेक्सिको र क्यानडा विरुद्ध लगाइएको २५-२५ प्रतिशत कर ३० दिनको लागि स्थगित गरेको छ।
यसअघि ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले चीनमाथि लगाइएको करको बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग कुरा गर्न सक्ने बताएकी थिइन्।
माघ २२, २०८१ मंगलबार १३:५९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।