थाइल्यान्डले नेपाललाई दियो एक सय ७ रनको लक्ष्य

काठमाडौं : त्रिदेशीय महिला टी२० सिरिज अन्तर्गत आफ्नो चौथो खेलमा थाइल्यान्डले नेपाललाई एक सय ७ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६ रन जोडेको हो।
उसका लागि चनिदा सटिरुङ्गले सर्वाधिक २७ रन बनाउँदा थिपाट्छ पुथावाङले २५ रन जोडिन्। उनीहरू दुवै अविजित रहे।
त्यसबाहेक नाटपाट कोन्छारोनकाइ १९, अफ्सिरा सुवाचोनराथी १७, नाथया बुचामथाङ १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका मनिषा उपाध्यायले तीन, रचना चौधरी र पूजा महतोले समान एक-एक विकेट लिए।
यसअघि भएका तीन खेलमध्ये तीनै खेलमा जित निकाल्दै थाइल्यान्ड छ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
तीनै खेलमा पराजित भएको नेपाल शून्य अंकसहित तालिकाको पुच्छारमा छ। चार खेलमा नेपालविरुद्ध खेलेका दुई खेलमा जित निकाल्दै नेदरल्यान्ड्स दोस्रो स्थानमा छ।
माघ २२, २०८१ मंगलबार १३:४७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।