अवैध आप्रवासी बोकेर अमेरिकाबाट भारतका लागि उड्यो सैन्य विमान

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरू विरुद्धको कारबाहीलाई तीव्र बनाएका छन्। सोमबार अमेरिकाबाट अवैध आप्रवासीहरू बोकेको एक सैन्य विमान भारतको लागि प्रस्थान गरेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी वायुसेनाको सी-१७ विमान अवैध आप्रवासीहरू बोकेर भारतका लागि उडेको छ। यो भारत पुग्न कम्तिमा २४ घण्टा लाग्नेछ।
यद्यपि, यस उडानमा कति जना सवार थिए भन्ने कुरा अझै पुष्टि हुन सकेको छैन। रोयटर्सले विमानको उडान भर्ने समय पनि खुलासा गरेको छैन।
ट्रम्पले अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो निर्वासन गर्ने वाचा गरे अनुसार अध्यागमन र भन्सार प्रवर्तन (आईसीई)ले १५ लाख अवैध आप्रवासीहरूको सूची तयार गरेको थियो।
ट्रम्पले सत्ता सम्हालेको पहिलो ११ दिनमा २५ हजारभन्दा बढी अवैध आप्रवासीहरूलाई हिरासतमा लिइएको थियो। ट्रम्पको आईसीई टोलीले १२ राज्यहरूमा छापा मारेको थियो। यी १२ मध्ये अधिकांश राज्य रिपब्लिकन थिए।
यो ११ दिनको अवधिमा मेक्सिकोको सीमाबाट घुसपैठका घटनाहरू ९४ प्रतिशतले घटेका छन्।
यस वर्षको जनवरी १ देखि १९ सम्म हरेक दिन औसतमा दुई हजार ८७ घुसपैठका घटनाहरू भएकोमा ट्रम्पले सत्ता सम्हालेपछि जनवरी २० देखि जनवरी ३१ सम्म यो संख्या घटेर १२६ मा झरेको छ।
माघ २२, २०८१ मंगलबार ०९:२८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।