सिद्धार्थ बैंकका ग्राहकलाई सिग्मा डायग्नोस्टिक्समा ४० प्रतिशतसम्मको छुट

सिद्धार्थ बैंकका ग्राहकलाई सिग्मा डायग्नोस्टिक्समा ४० प्रतिशतसम्मको छुट

काठमाडौं : सिद्धार्थ बैंकका ग्राहकले भक्तपुरमा रहेको सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरीमा ४० प्रतिशतसम्म छुट पाउने भएका छन्।

अस्पताल र कम्पनीबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएसँगै छुट पाउने पक्का भएको हो।

सम्झौता अनुसार बैंकका ग्राहकले ल्याबोरेटरीमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा इन् हाउस् ल्याब टेस्टमा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकको छ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

माघ २१, २०८१ सोमबार १४:१८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।