श्रीपञ्चमीमा अक्षरको श्री (तस्बिरहरू)

श्रीपञ्चमीमा अक्षरको श्री (तस्बिरहरू)

काठमाडौं : आज माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमी। विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ।

काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरूको बाक्लो उपस्थिति छ। आज बिहानैदेखि स्नान गरी मन्दिरमा गइ पूजा आराधना गर्नेहरूको भीड लागेको छ।

काठमाडौं उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड रहेको छ। यसका अलावा विद्यार्थीहरूले आ-आफ्ना विद्यालयमा गएर सरस्वती पूजा मनाएका छन्।

वैदिक सत्य सनातन धर्मावलम्वीहरूले आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरेर वसन्त पञ्चमी मनाउँछन्।

विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ। आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ।

आज काठमाडौंको स्वयम्भूस्थित मञ्जुश्री मन्दिरमा दर्शनार्थी एवं अभिभावकले बालबालिकालाई अक्षर लेख्न सिकाएर अक्षरारम्भ गराए।

माघ २१, २०८१ सोमबार १४:०५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।