ट्रम्पको धम्कीपछि पानामाले नवीकरण गरेन चीनसँगको बीआरआई सम्झौता

एजेन्सी : पानामाका राष्ट्रपति राउल मुलिनोले आइतबार पनामाले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने बताएका छन्।
पानामाले सन् २०१७ मा चीनसँग यो सम्झौता गरेको थियो। अब समयअघि नै अन्त्य हुने सम्भावना छ। मुलिनोले अमेरिकासँग नयाँ लगानीमा काम गर्ने इच्छा व्यक्त गरेका छन्।
यसमा पूर्वाधारसँग सम्बन्धित परियोजनाहरू पनि समावेश छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियो आइतबार नै पनामाको भ्रमणमा आएका छन्। ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी कूटनीतिज्ञको यो पहिलो पनामा भ्रमण हो।
सञ्चारकर्मीसँग कुरा गर्दै मुलिनोले रुबियोको भ्रमणले सम्बन्धमा नयाँ ढोका खोलेको बताए। यद्यपि उनले पनामा नहरको सार्वभौमसत्तामा बहस नगर्ने कुरा समेत स्पष्ट पारेका छन्।
सन् १९७७ मा अमेरिकाले पानामालाई नियन्त्रण गर्ने सन्धिमा हस्ताक्षर गरेको थियो।सम्झौता अनुसार कुनै विदेशी शक्तिले नहर सञ्चालनमा अवरोध गरे अमेरिकाले सैन्य हस्तक्षेप गर्न सक्नेछ।
यद्यपि, मुलिनोले आइतबार अमेरिकाले नहर पुन: कब्जा गर्न सैन्य कारबाही गर्ने कुरा अस्वीकार गरे।
गत महिना राष्ट्रपतिको शपथ लिनुअघि डोनाल्ड ट्रम्पले पानामा नहरलाई अमेरिकी नियन्त्रणमा लिने धम्की दिएका थिए। यो नहर क्यारेबियन देश पनामाको हिस्सा हो। सन् १९९९ सम्म यो नहरमाथि अमेरिकाको नियन्त्रण थियो।
माघ २१, २०८१ सोमबार १३:३९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।