त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सविरूद्ध पहिले बलिङमा नेपाल

काठमाडौं : त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत आजको खेलमा नेपालले टस हारेर नेदरल्यान्ड्सविरूद्ध पहिले बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डी लिडेले टस जितेर ब्याटिङ रोजिन्।
जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो। नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो।
पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्यान्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो।
माघ २०, २०८१ आइतबार १२:३३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।