सामान्य विवादमा ३७ वर्षीय पुरूषको कुटपिटबाट एक जनाको ज्यान गयो

काठमाडौं : झापाको कमल गाउँपालिका-७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ।
सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न बाँस्तोलालाई घटनालगत्तै दमकस्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
माघ २०, २०८१ आइतबार ०८:३०:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।