महाकुम्भबाट फर्किँदा भएको स्कोर्पियो दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु, त्यही परिवारका चार जना गम्भीर घाइते

महाकुम्भबाट फर्किँदा भएको स्कोर्पियो दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु, त्यही परिवारका चार जना गम्भीर घाइते

जलेश्वर : भारतमा महाकुम्भ स्थान गरेर फर्किरहेको अवस्थामा दुर्घटनामा परी मृत्यु भएका पाँच नेपालीमध्ये महोत्तरीका तीन, धनुषाका एक र सिराहाका एक जना रहेको खुलेको छ। 

त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका पाँच जनाको महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा आज दिउँसो स्कोर्पियो दुर्घटनामा गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका-७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, मनरासिश्वा नगरपालिका-२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने भाञ्जी ३० वर्षीया अर्चना झा रहेका छन्। 

गाडी चालक सिरहा घर भएको नाम, थर नखुलेका एक व्यक्ति रहेका जलेश्वर नगरपालिका-७ का वडा सदस्य सुल्तान कवारीले जानकारी दिए।
    
दुर्घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीय जगतारण देवी र नातिनी सात वर्षीया सृष्टि झा गम्भीर घाइते भएका छन् भने उनीहरूको मुजफ्फरपुरमै उपचार भइरहेको खबर प्राप्त भएको वडा सदस्य कवारीले बताए। उनीहरू सबैजना एकै परिवारका रहेका छन्। 

उनीहरू सवार बी आर३२पी ए ४६६१ नम्बरको गाडी मुजफ्फपुरको सदरथाना क्षेत्रको मादापुर सडकमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना भएको थियो। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तुलालप्रसाद जैसवारले पाँच जना मृत्यु भएको र चार जना घाइते भएको खबर आए पनि विस्तृत विवरण प्राप्त नभएको बताए। 

माघ १९, २०८१ शनिबार २२:०८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।