करेन्ट लागेर घरको नापी गर्न गएका अमिनको मृत्यु

रौतहट : रौतहटको जयनगरमा विद्युतीय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। ११ हजार भोल्टको करेन्ट लागेर २५ वर्षीय रामजी साहको मृत्यु भएको हो।
विद्युतीय करेन्ट लागेर अचेत भएका साहलाई गरुडामा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट वीरगन्जस्थित गण्डक अस्पताल लगिएको थियो।
गण्डक अस्पतालले साहलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवले बताए।
उनका अनुसार मृतक साहको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ।
मृतक साह गरुडा नगरपालिकामा कार्यरत करारका अमिन हुन्।
गरुडा नगरपालिकाको जयनगरमा निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको अनुमान गरिएको प्रहरीले बताएको छ।
माघ १९, २०८१ शनिबार १८:५३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।