घर लिपपोत गर्न माटो ल्याउन गएकी महिलाको ढिस्कोमा पुरिएर मृत्यु

घर लिपपोत गर्न माटो ल्याउन गएकी महिलाको ढिस्कोमा पुरिएर मृत्यु

जुम्ला : जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एक जनाको मृत्यु भएको छ। 

घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका-६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए। 

चन्दननाथ-४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासि ढिस्को खसेपछि उनी पुरिएकी हुन्। 

विमला गाउँकै ६ जनाको समूहमा माटो ल्याउन गएकी थिइन्। 

उनको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।  

माघ १९, २०८१ शनिबार १८:३२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।