संसदमा भारतीय बजेट प्रस्तुत, १२ लाखसम्मको आम्दानीमा आयकर छुट

एजेन्सी : भारतको केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार लोकसभामा बजेट २०२५ पेश गरेकी छन्।
मन्त्री सीतारमणले बजेट भाषणमा नयाँ कर प्रणालीमा १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था गरिएको जानकारी गराएकी छन्।
यसको मतलब ७५ हजारको स्ट्यान्डर्ड डिडक्सनसँगै तलब पाउने जागिरेका लागि १२ लाख ७५ हजार आम्दानी आय करमुक्त हुनेछ।
यसअघि सन् २०१४ मा साढे २ लाख रुपैयासम्म आयकर लाग्ने गरेको थिएन भने सन् २०१९ मा ५ लाखसम्मको रकम करमुक्त गरिएको थियो।
यो व्यवस्थालाई सन् २०२३ मा ७ लाख पुर्याइएकोमा अहिले १२ लाख ७५ हजारको सीमा तोकिएको हो।
माघ १९, २०८१ शनिबार १४:१४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।