कोभिड-१९ बारे बाइडेन प्रशासनले सत्य नबताएको ह्वाइट हाउसको दाबी, प्रेस सेक्रेटरीले के भनिन्?

काठमाडौं : ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले कोभिड-१९ को सन्दर्भमा पूर्वअमेरिकी राष्ट्रपति जो बाइडनलाई निशाना बनाएकी छन्।
उनले बाइडेन प्रशासनले अमेरिकी जनतालाई कोभिड-१९ सँग सम्बन्धित सत्य नबताएको बताइन्।
लेभिटले भनिन्, ‘बाइडन प्रशासनले अमेरिकी जनतालाई कोभिड-१९ सँग सम्बन्धित सत्य बताउने अवसर पाएको थियो, तर केही कारणले उनीहरूले त्यसो नगर्ने निर्णय गरे।’
लेभिटले थप भनिन्, ‘त्यसबेला राष्ट्रपति ट्रम्पले कोभिड-१९ चीनको वुहानस्थित प्रयोगशालाबाट आएको हुनसक्ने बताएका थिए। तर, केही मानिसहरूले उनको खिल्ली उडाए।’
राष्ट्रपति ट्रम्पले त्यतिबेला भनेको कुरा सत्य भए पनि पुष्टि हुनका लागि केही वर्ष लागेको उनको भनाइ थियो।
जनवरी २०२५ को अन्तिम हप्तामा जारी गरिएको एक रिपोर्टमा अमेरिकी गुप्तचर एजेन्सी सीआईएले कोभिड महामारीको फैलावटमा नयाँ मूल्याङ्कन जारी गरेको थियो।
यसमा सीआईएले जनावरबाट नभई चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस लिक हुने ‘उच्च सम्भावना’ रहेको बताएको थियो।
माघ १९, २०८१ शनिबार १३:३८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।