भारतमा एलपीजी सिलिन्डरले भरिएको ट्रकमा आगलागी

एजेन्सी : भारतको गाजियावादमा एलपीजी सिलिन्डरले भरिएको ट्रकमा आगलागी भएको छ।
विहान साढे चार बजे लागेको आगो नियन्त्रणमा आइसकेको छ भने अहिलेसम्म कुनै हताहतीको खबर नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
घटनालगत्तै प्रहरीले नजिकैका सबै घरहरू खाली गरी सबैलाई सुरक्षित दूरीमा पठाएको थियो।
सिलिन्डर विस्फोट भएर टाढा-टाढासम्म उडिरहेको प्रत्यक्षदर्शीले बताएका छन्।
अधिकारीलाई उद्धृत गर्दै एक अधिकारीले भने, ‘हामीले चारैतिरबाट आगो निभाउने प्रयास गर्यौं। आगो पूर्ण रुपमा निभाइएको छ। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।’
माघ १९, २०८१ शनिबार १२:४१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।