गायिका एलिनाले अंश नमागी सम्बन्ध विच्छेदका लागि अदालतमा दिइन् निवेदन

गायिका एलिनाले अंश नमागी सम्बन्ध विच्छेदका लागि अदालतमा दिइन् निवेदन

काठमाडौँ : गायिका एलिना चौहानले अस्ट्रेलियामा बस्दै आएका श्रीमान् विष्णु सापकोटाविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गराएकी छिन्। उनले वारेसमार्फत शुक्रवार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गराएकी हुन्।

अस्ट्रेलिया जानेक्रममा दुबैबीच प्रेम सम्बन्ध भएपछि दुवैले विवाह गरेका थिए। विवाह गरेको छोटो समयमै अस्ट्रेलियाबाट नेपाल फर्किएकी एलिना यतै बस्दै आएकी छिन्।

उनी विरुद्ध घरेलु हिंसा भएको लगायतका दाबीहरू सार्वजनिक भए पनि उनी मौन रहँदै आएकी थिइन्। एकाएक उनले शुक्रवार मानाचामल र अंश केही दाबी नगरी सम्बन्ध विच्छेदको मात्र माग गरेर मुद्दा दायर गरेकी हुन्। विष्णु भने अहिले पनि अस्ट्रेलियामै छन्। 

यी दुवैले गत वैशाखमा मात्र विवाह गरेका थिए। केही समय अगाडि अर्की गायिका ज्योती मगरले एक चर्चित गायिकाले पाएको घरेलु हिंसाका तस्बिर हेर्दा कहाली लागेको भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन्। सो पोस्टमा उल्लेख गरेको गायिका एलिना नै हो भनेर प्रतिक्रिया आउन थालेपछि ज्योतीले पोस्ट नै डिलेट गरेकी थिइन्।

माघ १८, २०८१ शुक्रबार १७:१८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।