आपराधिक उपद्रवको अभियोगमा आशिकाको नाममा २० हजार धरौटी

काठमाडौँ : आपराधिक उपद्रव गरेको अभियोग लागेकी आशिका तामाङको नाममा २० हजार धरौटी निस्किएको छ। जिल्ला अदालत भक्तपुरले शुक्रवार थुनछेक बहस सक्काएर उनलाई २० हजार धरौटीमा मुक्त गर्न आदेश दिएको हो।
यस अगाडि आशिका अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १० हजार धरौटीमा मुक्त भएकी थिइन्। उनी काठमाडौँमा धरौटी बुझाएर रिहा भए लगत्तै पुन नियन्त्रणमा लिएर प्रहरीले भक्तपुर पठाएको थियो।
न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा धरौटीमा रिहा गर्न आदेश दियो।
माघ १८, २०८१ शुक्रबार १७:०५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।