दलहरुबीच सहमतिको आधारमा संविधान संशोधन : सभापति देउवा

काठमाडौँ : सत्ताधारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रत्याभूतिका लागि एमालेसँग मिलेर सरकार बनाएको दाबी गरेका छन्। शुक्रवारबाट सुरु भएको प्रतिनिधि सभाको अधिवेशनमा बोल्दै उनले देशको अर्थतन्त्र चलायमान बनाउँदै आर्थिक प्रगति गर्ने, विकास निर्माणलाई तीव्र गति दिने र देशको आर्थिक अवस्थालाई सुदृढ गर्नु सरकारको मुख्य ध्येय रहेको दाबी गरेका छन्।
उनले सरकारको समग्र मूल्याङ्कन गर्न ६ महिनाको समय पर्याप्त नहुने भन्दै सरकारले यो अवधिमा गरेका काम राम्रा भएको र यसले भविष्यमा परिणाम देखिने दाबी समेत गरे।
उनले लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिरहेको तर आर्थिक अवस्था सुदृढ हुन नसकेको भन्दै विकास वा सम्बृद्दीको यात्रा चाहना अनुसार अगाडि बढ्न नसकेको बताए।
सरकारले हालै जारी गरेको अध्यादेशबाट केही कानून ल्याएको र यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने उनको दाबी थियो।
उनले आवश्यक कानुन बनाउन ढिला गर् नहुने भन्दै सांसदहरू ध्यानाकर्षण गराएका थिए। उनले नागरिकका सरोकारका विषयमा आवश्यक पर्ने थप विधेयकहरू सरकारले चाँडै संसद्मा पेस गर्न आग्रह समेत गरेका थिए।
उनले वर्तमान संविधान प्रारम्भ भएको १० वर्ष भएकाले अब संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखा परेका सबल र दुर्लभ पक्षको अध्ययन र पहिचान गरेर आवश्यकता अनुसार संविधान संशोधन वा परिमार्जन गर्नुपर्ने बताए।
संविधान संशोधन गर्दा बहुलवादका आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायतका संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने धारणा राखेका थिए।
उनले दलहरुबीच सहमतिको आधारमा संविधान संशोधन गर्नु पर्ने र यसका लागि कांग्रेसले छलफल प्रारम्भ गरिसकेको उनले बताए।
माघ १८, २०८१ शुक्रबार १६:४२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।