१५ मिनेट बहिस्कार गर्ने भन्दै बाहिरिएका रास्वपा सांसद् २५ मिनेटपछि संसद् बैठकमा आए

१५ मिनेट बहिस्कार गर्ने भन्दै बाहिरिएका रास्वपा सांसद् २५ मिनेटपछि संसद् बैठकमा आए

काठमाडौं : सभामुख देवराज घिमिरेले पेलेरै संसद बैठक चलाएपछि १५ मिनेट बहिस्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू बैठकमा उपस्थित भएका छन्।

प्रतिनिधिसभा नियमावली २०७९ को दफा १५ अनुसार बोल्नका लागि समय मागेकोमा सभामुखले समय नदिएपछि उनीहरूले बैठक अवरोध गरेका थिए।

सभामुख घिमिरेले बस्नका लागि पटक-पटक अनुरोध र आग्रह गर्दा समेत रास्वपाका सांसदहरूले नमालेपछि सभामुखले पेलेरै बैठक अघि बढाएका थिए।

यसबीचमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को दफा २१ को (ख)को व्यवस्था स्मरण गराउँदै आफ्नो आलोचना नगर्न चेतावनी समेत दिएका थिए।

रास्वपा सांसदहरूले उठेर अवरोध गरिरहँदा समेत सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाएका थिए।

त्यसपछि रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सभामुखले आफूहरूलाई दोस्रो दर्जाको सांसदको व्यवहार गरेको भन्दै विरोधस्वरुप १५ मिनेटका लागि बैठक बहिस्कार गर्ने बताउँदै रास्वपा सांसदहरू बाहिरिएका थिए।

१५ मिनेट भनेका उनीहरू २५ मिनेटपछि बैठकमा प्रवेश गरेका हुन्। उनीहरू बैठक हलमा प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलिरहेका थिए।

माघ १८, २०८१ शुक्रबार १४:२४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।