प्रधानमन्त्री ओलीले संसद् बैठकमा भने ‘ढल्यो ढल्यो गीत मनोरञ्जनको मञ्चमा सुहाउला, राजनीतिमा सुहाउँदैन’

प्रधानमन्त्री ओलीले संसद् बैठकमा भने ‘ढल्यो ढल्यो गीत मनोरञ्जनको मञ्चमा सुहाउला, राजनीतिमा सुहाउँदैन’

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार सरकार बदलिरहने समस्यामा बन्ध्याकरण भएको टिप्पणी गरेका छन्। शुक्रवारबाट सुरु भएको संसद् अधिवेशनमा सम्बोधन गर्दै उनले संसद्मा बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट सरकार मुक्त भएको बताएका हुन्।

‘सत्ताको नाउमा प्वाल पारेर अर्कै सत्ता चलाउने र सत्ता पत्ता खेलिरहने विद्रुप प्रणालीमा बन्ध्याकरण भएको छ’, प्रधानमन्त्री ओलीले भने।

उनले आफ्नो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्रको सूचकहरुमा सकारात्मक सुधार आइरहेको दाबी समेत गरे। उनले निर्माण व्यवसायीको ३० अर्बको दायित्व फरफारक हुन थालेको, दुग्ध किसानलाई सय दिनमा भुक्तानी गरेको, उखु किसानले अनुदान बापतको रकम पाएको र कृषक बिमा बापतको रकम भुक्तानी गर्न ८० करोड निकासा गरेको उनले बताए।

उनले कतिपयमा बच्चाको स्वभाव रहेको दाबी गरे। उनीहरू आफ्नै कर्मको भय पासमा परेको हो कि भने। उनले कुनै पार्टी टुक्राउने वा फुटाउने पक्षमा सरकार नरहेको र सरकारको प्राथमिकता त्यस्तो नभएको उनले दाबी गरे।

विपक्षमा रहेकाहरूले सरकार ढल्छ भनेर मिति तोक्ने व्यर्थको प्रचारमा लागेको भन्दै चल्तीको गीत ‘ढल्यो ढल्यो ढल्यो’ उद्धृत गरेका थिए।

‘आज ढल्यो, भोली ढल्यो, ढल्यो, ढल्यो ढल्यो’ उनले भने ‘ यस्ता गीत मनोरञ्जनको मञ्चमा गाउँदा ठिकै हुन्छ। राजनीतिको मञ्चमा सुहाउँदैन।’

माघ १८, २०८१ शुक्रबार १४:१९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।