रास्वपा सांसदद्वारा प्रतिनिधि सभाको बैठक अवरोध

काठमाडौं : प्रतिनिधि सभाको बैठक अवरोध भएको छ।
हिउँदे अधिवेशनको पहिलो बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरू भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदहरूले बैठक अवरोध गरेका हुन्।
बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख देवराज घिमिरेले आफ्नो मन्तव्य राखेका थिए।
त्यसपछि राष्ट्रपतिको कार्यालयबाट आएका पत्रको व्यहोरा पढेर सुनाउन लाग्दा रास्वपा सांसदहरुले उठेर अवरोध गरेका हुन्।
माघ १८, २०८१ शुक्रबार १३:१७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।