१० तस्बिरमा हेर्नुहोस्, राजधानीमा सोनाम ल्होछारको रौनक

१० तस्बिरमा हेर्नुहोस्, राजधानीमा सोनाम ल्होछारको रौनक
तस्बिर : दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले नयाँ वर्ष २८६१ अर्थात् सोनाम ल्होछार हर्सोल्लासका साथ मनाउँदैछन्। तामाङ भाषामा 'ल्हो' भनेको वर्ष र छार भनेको नयाँ हो।

ल्होछार मनाउने समुदायमा वर्षहरू अर्थात् 'ल्हो' बाह्र वटा हुन्छन्। ती 'ल्हो' का नामहरूलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता जीवजन्तु र पशुपन्छीको नामबाट राखिएको हुन्छ। सोनाम ल्होछारका अवसरमा नेपालका तामाङ समुदायले कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन्। 

तामाङ समुदायले आज सोनाम ल्होछार मन्जुश्री सम्वत् २८६१ डुल-सापुख्री (सर्प वर्ष) का अवसरमा टुँडिखेलमा औपचारिक कार्यक्रमसहित महोत्सव मनाइँदैछ। ‘मन्जुश्री सम्वत् २८६१ सोनाम ल्होछार भव्यरूपमा मनाऔँ, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढौँ’ भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्रि बहादुर सिंह लामा प्रमुख अतिथि रहेका छन्। 

शान्ति बाटिकामा जम्मा भएर सुरू हुने बोम्बो, ताम्बा, लामा सहितको सांस्कृतिक झाँकी सहितको र्याली प्रदर्शनी मार्ग, भद्रकाली हुँदै टुँडिखेल पुगेर औपचारिक कार्यक्रम तथा महोत्सवमा सहभागी भएको छ।

हेर्नुहोस् तस्बिरहरू :

  

माघ १७, २०८१ बिहीबार १५:१२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।