महिला त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई दियो विशाल लक्ष्य

काठमाडौं : महिला त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई एक सय ५८ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५७ रन जोड्यो।
उसका लागि आइरिस ज्विलिङ्गले १३ बलमा ३१ रनको विस्फोटक पारी खेल्दा रोबिन राइकले ४८ बलमा ५९ रनको अर्धशतकीय पारी खेलिन्। स्टेरे कालिसले २९ र हिटर सिगर्सले २३ रन जोडिन्।
नेपालका लागि सीता रानामगर, ईश्वरी विष्ट, पूजा महतो र कविता कुँवरले समान एक-एक विकेट लिइन्।
घरेलु मैदानमा नेपालले दोस्रो पटक टि-ट्वान्टी आई सिरिज खेल्न लागेको हो। यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो।
सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ। सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन्।
माघ १७, २०८१ बिहीबार १३:५५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।