६४ जना सवार विमान दुर्घटनाबारे बोले अमेरिकी राष्ट्रपति ट्रम्प

६४ जना सवार विमान दुर्घटनाबारे बोले अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी : अमेरिकी एयरलाइन्सको विमान वासिङ्टन डिसीको आकाशमा हेलिकप्टरसँग ठोकिएर भएको दुर्घटनाप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले दु:ख व्यक्त गरेका छन्।

संघीय उड्डयन प्रशासनसँग आफू सम्पर्कमै रहेको र दुर्घटनाबारे पूर्ण जानकारी लिइरहेको ट्रम्पले बताएका छन्।

उनले भने, ‘भगवानले उनीहरूको (मृत्यु भएका) आत्मालाई शान्ति प्रदान गरून्। स्थितिको अनुगमन गरिरहेको छु। अरु जानकारी पाउने बित्तिकै म तपाईंहरूलाई दिनेछु।’

यसअघि अमेरिकी एयरलाइन्सले विमानमा ६० यात्रु र ४ जना चालक दलका सदस्य रहेको पुष्टि गरेको थियो।

‘हामी ती सबैको बारेमा चिन्तित छौँ,’ एयरलाइन्सले भनेको थियो, ‘हामी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौँ। आपतकालीन अवस्थामा आवश्यक सबै कदम चालिएको छ।’

माघ १७, २०८१ बिहीबार १०:४८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।