त्रिवि क्रिकेट मैदानमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, प्रवेश निःशुल्क

काठमाडौं : तीन देश सम्मिलित त्रिकोणात्मक महिला टी२० क्रिकेट सिरिजको उद्घाटन खेलमा आज नेपाल र नेदल्यान्ड्स भिड्दैछन्। खेल दिउँसो साढे १२ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपालले यसअघि नेदरल्यान्ड्सको महिला टोलीसँग कहिल्यै पछि क्रिकेट खेलेको छैन। दुवै टिमका लागि यो नयाँ अनुभव हुनेछ। नेपाल र नेदरल्यान्ड्सका अलावा सिरिजमा थाइल्यान्ड पनि छ। थाइल्यान्डसँग भने नेपाली टोली परिचित छ।
त्रिकोणात्मक महिला टी२० क्रिकेट सिरिजका लागि भन्दै क्यानले दर्शकलाई प्रवेश शुल्न नलिने घोषणा गरेको छ। दर्शकले यो खेल निःशुल्क हेर्न पाउनेछन्। खेलको प्रसारण अधिकार भने कान्तिपुर टेलिभिजनले पाएको छ।
प्रतियोगिताको पूर्वसंन्ध्यामा बुधबार कप्तानसँग भएको पत्रकार सम्मेलनमा नेपाली कप्तान इन्दुले आफ्नो टोली सन्तुलित रहेको भन्दै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरिन्।
महिला क्रिकेटमा पनि मैदानमा आएर हौसला बढाउन कप्तान इन्दुले क्रिकेटप्रेमी र दर्शकसँग आह्वान गरिन्। घरेलु मैदानमा हुन लागेकाले आफ्नो टोलीका लागि केही सहज हुने पनि उनको अपेक्षा छ।
माघ १७, २०८१ बिहीबार ०७:५४:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।