कोशी र गण्डकी प्रदेशका पहाडमा बदली, तराईमा हुस्सु लागेको जल

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारण बदली रहँदै बाँकी क्षेत्रमा मौसम सफा छ। तराईका धेरै स्थानमा हुस्सु लागेको जल देखिएको छ।
दिउँसोमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने छ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
माघ १७, २०८१ बिहीबार ०७:४३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।