काठमाडौं उपत्यकामा बिहीबार र शुक्रबार पाँच घण्टा बिजुली कटौती हुने

काठमाडौं उपत्यकामा बिहीबार र शुक्रबार पाँच घण्टा बिजुली कटौती हुने

काठमाडौं : काठमाडौं उपत्यकाका केही क्षेत्रमा बिहीबार र शुक्रबार पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि यो कटौती गर्नुपरेको हो।

बिहीबार शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बिजुली कटौती हुनेछ।

त्यस्तै, शुक्रबार केएमसी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने छ।

प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि यो कटौती गर्नुपरेको बताएको छ।

यसले गर्दा प्रभावित क्षेत्रका नागरिकहरूलाई असुविधा हुन सक्ने प्राधिकरणले जनाएको छ।

माघ १७, २०८१ बिहीबार ०७:२४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।