अखिल (क्रान्तिकारी)को अध्यक्षका विजयप्रकाश सापकोटा विजयी
![अखिल (क्रान्तिकारी)को अध्यक्षका विजयप्रकाश सापकोटा विजयी](https://ukeraa.prixacdn.net/media/albums/Vijay-Prakash-Sapkota-hemnta_rai_l8AiMaTIsq.jpg )
काठमाडौं : माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षका विजयप्रकाश सापकोटा विजयी भएका छन्।
केही बेरअघि मतगणना सकिँदा ७३ मतान्तरले निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई पराजित गर्दै सापकोटा क्रान्तिकारीको अध्यक्ष निर्वाचित भएका हुन्।
माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सकिएको मतगणनाबाट सापकोटा अध्यक्ष निर्वाचित भएपनि निर्वाचन समितिले भने औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ।
सापकोटा माओवादीका उपमहासचिव शक्ति बस्नेत निकटका हुन्। तर, यस निर्वाचनमा उनलाई उपमहासचिव बस्नेतसँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि साथ दिएका थिए।
यसअघि महासचिवमा रोशन थापा मगर विजयी भएका थिए।
माघ १६, २०८१ बुधबार १९:५५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।