केपी ओली कप फुटबल फागुन दोस्रो सातादेखि, विजेताले १५ लाख पाउने
![केपी ओली कप फुटबल फागुन दोस्रो सातादेखि, विजेताले १५ लाख पाउने](https://ukeraa.prixacdn.net/media/albums/kp_oli_cup_football_press_meet_XSYVtKDSMM.jpg )
काठमाडौं : केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको छ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनमा हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ सम्म सञ्चालन हुने आयोजकका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।
पत्रकार सम्मेलनमा उनले प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहने बताए।
प्रतियोगितामा उपाधि विजेता टोलीले १५ लाख ११ हजार १११ पाउनेछ भने उपविजेताले पाँच लाख पाउनेछ। त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एक लाख प्रदान गरिने आयोजकले जनाएको छ।
त्यस्तै, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही ५० हजार पाउने छन्। प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले १५ हजार पाउनेछ।
हरेक खेलको विजेता टोलीले २५ हजार पाउने छन्।
उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् भने त्यसअघिका खेल सातदोबाटोमा हुनेछन्।
माघ १६, २०८१ बुधबार १९:१९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।