'राधिका शाक्यको नाममा स्विट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भनेको सुन्दा पनि मजा लाग्छ'

'राधिका शाक्यको नाममा स्विट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भनेको सुन्दा पनि मजा लाग्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको दोहोर्याएका छन्।

बुधबार काठमाडौंमा शुरू भएको प्रथम युवा कानून व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने दाबी गरे। 

'भ्रष्टाचार नियन्त्रण गर्नैपर्छ। अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु। यस सरकारले म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भनेको छ। त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्नँ। भए नियन्त्रण गर्दछु। यो स्टन्टबाजी होइन, उनले भने। 

उनले आफ्नी श्रीमती (राधिका शाक्य) को नाममा स्विट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाए। 

प्रधानमन्त्री ओलीले भने, 'हिजो बिहान यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एकजना भनिरहेको रहेछ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ। सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो। मजा लाग्छ। यस्तो भन्नेहरू त धर्तीमा एकै खालका मान्छेहरू हुँदो रहेनछ क्या।'

माघ १६, २०८१ बुधबार १५:३७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।