ट्र्याम्प नेपालद्वारा लिगेसी राइडको कुश्मा एडिसन सम्पन्न
![ट्र्याम्प नेपालद्वारा लिगेसी राइडको कुश्मा एडिसन सम्पन्न](https://ukeraa.prixacdn.net/media/albums/kushma_ZpbHToLFZQ.jpg )
काठमाडौं : ‘ट्रायम्फ लिगेसी राइड : कुश्मा एडिसन’ सफलतापूर्वक सम्पन्न भएको छ।
माघ १० गतेदेखि १२ गतेसम्म भएको दोस्रो चरणको राइडमा ३० जना ट्रायम्फ राइडरहरू सहभागी भएको आधिकारक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले जनाएको छ।
१० गते विहानै राइडरहरू नक्सालस्थित शोरुमबाट पथ्वी राजमार्ग र पष्पलाल राजमार्गको सन्दर जङ्गल‚ पहाड‚ झरना‚ नदीहरूको मनोरम दृश्य घुम्दै करिब ३०० किमी यात्रा पार गर्दै साँझ कुश्मा पुगका थिए।
कुश्माको भीरहरूको बिचमा र कालीगण्डकी नदीको किनारमा राइडरहरुले पहलो रात बिताए। जहाँ बोनफायर‚ बारबक्य र बङ्गो खलल यात्राको थकानलाई मेटाए।
यस्तैगरी दोस्रो दिन रोमाञ्चक हुँदै राइडरहरुले कुश्मामा बञ्जी जम्प‚ स्काईवाक जिपलाईन लगायत साहसिक खेलहरूको अनुभव गरेका थिए। अन्तिममा पोखरामा राइडरहरूले लकसाइडमा मनोरञ्जन लिए।
यस्तैगरी कार्यक्रमको तेश्रो दिन राइडरहरु विहानै पोखरा नजिकको काहु डाँडा भ्रमण गरे।
विहानै अन्नपूर्ण हिमाल शृखला र पोखरा उपत्यकालाई छोपेको सुन्दर बादलको मनोरम दृश्यले सबै राइडरहरुमा एउटा नयाँ उर्जा प्रदान गरेको बताए।
उत्साहका साथ उनीहरू काठमाडौं फर्किएर करिब ६ सय किलोमिटरको लामो यात्रा शानदार रूपमा सम्पन्न गरेको थियो।
यात्राको क्रममा राइडरहरूले नपालका विभिन्न पर्यटकिय स्थलहरुको अवलोकन गर्दै स्थानिय व्यापार प्रवद्धन र आन्तरिक पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको आयोजकले बताएको छ।
प्रबन्धक सागर थापाले ट्रायम्फ लिगेसी राइडको कुश्मा एडिसन रमाइलो मोटरसाइकल यात्रा मात्र नभएर मोटरसाइकल जीवनशैलीको अनुपम अनुभव भएको बताए।
माघ १६, २०८१ बुधबार १३:४२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।