१४ लाख अवैध आप्रवासीलाई डिपोर्ट गर्दै अमेरिका, नेपालका १३ सय फर्काइँदा भारत र चीनका कति?

एजेन्सी : अमेरिकाले १४ लाख बढी अवैध आप्रवासीलाई घर फर्काउने भएको छ।
त्यहाँको अध्यागनम विभागले एक सूची सार्वजनिक गर्दै विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना अवैध आप्रवासीहरू देश फर्काउन लागेको हो।
सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी होन्डुरसका दुई लाख ६१ हजार ६५१ जना छन्। त्यसपछि ग्वाटेमालाका दुई लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका दुई लाख ३ हजार ८२२ जना छन्।
नेपालका एक हजार ३६५ जना डिपोर्ट हुन लाग्दा छिमेकी देश भारतका १७ हजार ९४०, चीनका ३७ हजार ९०८, बंगलादेशका चार हजार ८३७, भुटानका एक सय २२, पाकिस्तानका सात हजार ७६०, श्रीलंकाका तीन हजार ६५ जना छन्।
ट्रम्प राष्ट्रपति भएपछि अवैध रूपमा अमेरिकामा रहँदै आएका आप्रवासीलाई उनीहरूकै देश फर्काउने कामलाई तीव्रता दिएका छन्।
माघ १६, २०८१ बुधबार १२:३५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।