लैनचौरको शहीद स्मारकमा महानगर र संघीय सरकारको छुट्टाछुट्टै कार्यक्रम (तस्बिरहरू)

लैनचौरको शहीद स्मारकमा महानगर र संघीय सरकारको छुट्टाछुट्टै कार्यक्रम (तस्बिरहरू)

काठमाडौं : शहीद दिवसको अवसरमा काठमाडौंको लैनचौरस्थित शहीद स्तम्भमा स्थानीय र संघीय सरकारले छुट्टा-छुट्टै कार्यक्रम गरेका छन्।

काठमाडौं महानगरपालिकाले विहानै औपचारिक कार्यक्रम गर्दा संघीय सरकारको कार्यक्रम केहीबेरअघि सुरू भएको छ।

महानगरले गरेको कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले शहीदहरूको स्मारकमा श्रद्धान्जली दिइन्। श्रद्धान्जलीका लागि डंगोलसहित वडाध्यक्षहरू र विभिन्न विभागका प्रमुखहरू समेत उपस्थित थिए।

श्रद्धान्जली अघि नेपाल प्रहरीले ब्याण्ड टोलीसहितको प्रभातफेरि लैनचौर पुगेको थियो।

अब केहीबेरमा संघीय सरकारको कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि स्मारक लैनचौर पुगी श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

माघ १६, २०८१ बुधबार ११:१८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।